FAQs Complain Problems

पञ्चकन्या गाउँपालिकाको १२ औं गाउँसभा संपन्न

पञ्चकन्या गाउँपालिका, लाँकुरीभन्ज्याङ

पञ्चकन्या गाउँपालिकाको १२ औं गाउँसभा यही मिति २०७९।०३।९ र १० गते हुंदै ११ गते बिहान संपन्न भएको छ । संघीय सांसद श्री हीत वहादुर तमाङको प्रमुख आतिथ्य तथा नुवाकोट जिल्लाको जिल्ला समन्वय समिति प्रमुख श्री रजिन्द्र विक्रम सिंह ठकुरीको विशेष आतिथ्यमा मिति २०७९।०३।०९ गते पानसमा बत्ति बालेर समुदघाटन भएको उक्त १२ औं गाँउसभामा सभाको पहिलो दिन अर्थात असार ९ गते गाउँपालिकाका अध्यक्ष श्री तेज वहादुर तमाङ ज्यूले आर्थिक ऐन, बिनियोजन ऐन तथा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । घ्याँङस्वरा पर्यटकिय पार्कलाई विशेष आर्कषणको रुपमा लिएर यस वर्ष नमुना पर्यटकिय शहिद पार्क बनाउने, कृषिलाई यान्त्रीकीकरण गर्ने, ईसिडि शिक्षकहरुको तलब बृद्धि, महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउने, आर्थिक वर्षको अन्त्यमा आएर गरिने असारे विकासको अन्त्य गरिने जस्ता महात्वपूर्ण नीतिहरु अबलम्बन गरिएको छ । 

गाउँसभाको दोस्रो दिन गाउँपालिकाका उपाध्यक्ष श्री बिमला के.सी. ले बजेट बक्तब्य मार्फत आ.ब. २०७९।०८० को लागी रु.४५ करोड ६६ लाख ६९ हजार ७३८ विनियोजन गर्नु भएको छ ।  कुल विनियोजन रकम मध्ये चालुतर्फ २६ करोड ५० लाख ८६ हजार ७३८ अर्थात ५८ प्रतिशत र पुँजीगत तर्फ रु १९ करोड १० लाख ८३ हजार अर्थात ४२ प्रतिशत रहेको छ । यो खर्च अनुमान गत आ.व.को तुलनामा झन्डै ६.८७ प्रतिशतले वढि हो । सरकारी ससर्त वित्तिय अनुदान स्वरुप संघिय सरकारवाट प्राप्त १५ करोड २६ लाख रुपैंया र प्रदेश सरकारबाट प्राप्त ससर्त रकम रु. २ करोड ३९ लाख ७८ हजार तथा कृषि पशु स्वास्थ्य र शिक्षा तर्फका बजेट समेत चालु खर्चमा लेखाङ्कन गर्नुपर्ने प्रावधानले गर्दा चालु खर्चको अंश केहि बढि देखिन गएको छ । 

कुल वजेट मध्ये गाउँकार्यपालिका वाट १० करोड २५ लाख २७ हजार रुपैया चालु खर्च र ११ करोड ७० लाख ८१ हजार पूँजिगत खर्च रहने गरी, विषयगत शाखाहरुवाट १६ करोड ३९ लाख ९७ हजार रुपैयाँ चालू खर्च स्वरुप र वडा समितिहरुवाट १ करोड ४५ लाख पुँजिगत खर्च हुनेगरी वित्तिय व्यवस्थापन गरिएको छ । 
कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अशोक विष्टले गर्नु भएको थियो । 
नीत कार्यक्रम तथा बजेट बक्तब्यको विशतृत विवरण तलको लिंकबाट प्राप्त गर्नु होला

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: