आज मिति २०७९ चैत्र २ गतेका दिन यस पञ्चकन्या गाउँपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यूको अध्यक्षता तथा पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष श्री विमला के.सी. ज्यूको विशेष आथित्यतामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्धारा आ.व. २०७९/८० मा स्थानीय तहमा विनियोजित अनुदानको वार्षिक कार्यक्रम अन्तर्गत वावुआमा विहिन बालबालिका आर्थिक सहायता रकम हस्तान्त्रण कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा सम्पन्न।
समाचार
ग्यालरी
आज मिति २०७९।११।२४ गतेका दिन यस पालिकाका उपाध्यक्ष श्री बिमला के सी ज्युकाे प्रमुख आतिथ्यतामा ११३ औँ अन्तरराष्ट्रीय महिला दिवसकाे अवसरमा "लैङ्गिक समानताकाे बलियाे आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार" भन्ने मूल नाराकासाथ महिला बालबालिका तथा जेष्ठनागरिक शाखाकाे आयाेजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे ।
आज मिति २०७९ साल फाल्गुन महिनाको २० गते अर्धकदको शालिक अनावरण कार्यक्रम यस पालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यूको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य माननीय श्री हित बहादुर तामाङ ज्यूको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य माननीय श्री राधिका तामाङ ज्यू, नुवाकोट जिल्लाको माननीय ज्यूहरु र जिल्ला समन्वय समिति का प्रमुख ज्यूको विशेष आतिथ्यता, पालिका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पार्टी प्रतिनिधिहरुको आतिथ्यता, शहीद परिवारहरूको प्रतिनिधि, गाउँपालिका भित्रका प्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी एवम् गाउँबासीको उपस्थितीमा सम्पन्न भयो ।
पञ्चकन्या गाउँपालिका तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०७९ फाल्गुन १५ देखी १६ सम्म राजश्व सुधार कार्य-योजना कार्यक्रम सम्पन्न।
यहि मिति २०७९ फाल्गुन १ देखि ३ गते सम्म पञ्चकन्या गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा वडा नं. २ को कार्यालयमा आयोजित प्रस्तावना लेखन सम्बन्धी ३ दिने तालिमको झलकहरु !!
घ्याङस्वारा सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदानको स्थलगत अवलोकनमा यस गाउँपालिका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यू,नेपाल सरकार सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक श्री रामचन्द्र ढकाल ज्यू, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव श्री लोकनाथ भुसाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव श्री गुरुदत्त सुवेदी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शाखा अधिकृत श्री पंकजलाभ कर्ण र रोजगार विज्ञ श्री युवराज बस्नेत र अन्य पालिकाको रोजगार संयोजक, जनप्रतिनिधी, कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
आज मिति २०७९/०७/२२ गते जिल्ला निर्वाचन कार्यालय, नुवाकोट र पञ्चकन्या गाउँपालिकाको आयोजनामा यही मिति २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि नमूना मतदान कार्यक्रम सम्पन्न भयो ।