FAQs Complain Problems

पञ्चकन्या गाउँपालिका प्रशासकीय भवन शिलन्यास कार्यक्रम

अाज मिति २०७७ साल फाल्गुन ५ गते पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय हित ब.तामाङ ज्यूकाे प्रमुख अतिथित्यमा र गाउँपालिका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यूकाे अध्यक्षतामा पञ्चकन्या गाउँपालिकाकाे प्रशासकीय भवन शिलन्यास कार्यक्रम सम्पन्न गरियाे । सार्वजनिक सेवा प्रवाहलाइ व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रवाह गर्नका लागि सहज हुने उदेश्यले गाउँपालिकाकाे भवन निर्माण कार्य थालनीका लागि शिलन्यास कार्यक्रम गरिएकाे हाे । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष ज्युहरू , कार्यपालिका र गाउँ सभा सदस्यहरू र राजनैतिक दलका पार्टी प्रतिनिधिहरूकाे समेत सहभागिता भएकाे थियाे । साे शिलन्यास कार्यक्रमकाे संचालन गाउँपालिकाका प्रशासकीय अधिकृत श्री मंगल बहादुर विष्ट ज्युले गर्नुभएकाे थियाे ।

आर्थिक वर्ष: